सूचना तथा प्रविधिका चर्चित घटना


सन् २०१२ मा ट्याबलेट पीसीको मूल्य उल्लेखनीय रूपमा घट्यो भने अल्ट्रा स्लिम ल्यापटप अर्थात् एकदमै पातलो ल्यापटपको बजार बढ्यो। अझ उल्लेखनीय त फ्याब्लेटलाई भन्नुपर्छ जसको परिचय सन् २०१२ ले दियो। यसले सन् २०१३ मा उल्लेखनीय रूपमा बजार लिने निश्चित  छ। फ्याब्लेटको अर्थ हो- फोन+ट्याबलेट अर्थात् फोन र कम्प्युटर दुवै प्रणाली एउटै डिभाइसमा हुनु।

जनवरीः विकिपिडियालाई अहिले इनसाइक्लोपेडिया नै भनिन्छ। यो महिना विकिपिडियामा अमेरिकन एन्टी पाइरेसीको विरोधमा आफ्नो वे बसाइट भ्रमण गर्ने भिजिटर्सहरूलाई उनीहरूले जान्न खोजेको जानकारीको वेबपेज खुल्नुको सट्टा एउटा कालो वेबपेज खुल्थ्यो जसमा ले खिएको थियो- सूचना र जानकारीबिनाको संसारका बारेमा सोच्नुस्। त्यो वेबपेजमा के पनि लेखिएको थियो भने विगत एक दशकदेखि हामीले  लाखौं-करोडौं घन्टा बितायौं- मानव इतिहासकै सबैभन्दा ठूलो इनसाइक्लोपेडिया बनाउन, तर अमेरिकन कंग्रेसले यसलाई पाइरेटेडको संज्ञा  दिएर खुल्ला तथा निःशुल्क जानकारी प्राप्त गर्नबाट प्रयोगकर्ताबाट रोक लगाएको छ। त्यसैले हामीले २४ घन्टाका लागि यो विरोध गरेका हौं।  त्यसपछि अमेरिकन जस्टिस डिपार्टमेन्टले सूचना, हक र अधिकार तथा विकिपिडिया र अन्य थुप्रै संस्थाको विरोधलाई ध्यानमा राखेर यो केस  नै बन्द गर्‍यो।

फेब्रुअरीः एउटा यस्तो कम्प्युटर जुन क्रेडिट कार्ड वा एटीएम कार्ड साइजमा उपलब्ध छ। बेलायतमा लगभग ७ लाख ५० हजार यस्ता मिनी  कम्प्युटर निर्माण भए फेब्रुअरी महिनामा। उद्देश्य थियो प्रोग्रामिङ कोडहरू सिकाउने जसलाई त्यहीँका केही स्वयंसेवीहरूले बनाएका थिए।

मार्चः यो महिना एप्पल कम्पनी अन्तर्राष्ट्रिय रूपमै चर्चामा रह्यो तर कुनै नयाँ डिभाएस वा प्रस्तुतिले होइन। एप्पल कम्पनीले निर्माण गरेको  म्याका कम्प्युटरहरूमध्ये झन्डै-झन्डै आधा जति अर्थात् करिब ५ लाख म्याक कम्प्युटरमा मालवेयर (Malicious software) रहेको भेटियो। तीमध्ये कति त कामै नलाग्ने गरी ध्वस्त भए। यसको जानकारी मार्च महिनाको तेस्रो हप्तामा एउटा रसियन एन्टी भाइरस कम्पनीले  दिएको थियो। यसको कारण थियो- एप्पलले ती म्याक कम्प्युटरमा फ्यासब्याक इन्स्टल गरेको थियो जसले पछि ट्रोसनको रूप लियो।

मेः इजरायल तथा इरानका सर्भर तथा त्यहाँका नेटवर्क प्रणालीमा साइबर आक्रमण र अति गोपनीय सूचनाहरूको चोरी चर्चाको विषय भयो।  रूसको विश्वविख्यात एन्टी भाइरस निर्माता कम्पनी कास्परेस्कीले त्यसलाई अहिलेसम्मकै सबैभन्दा डरलाग्दो हमला र अति जटिल समस्या  भनेको थियो। यो आक्रमण अरू भाइरस ट्रोजनभन्दा भिन्न भएकाले त्यसलाई फ्लेमको नाम दिइयो। भनिन्छ, ह्याकरहरूले फ्लेमको प्रयोग  सन् २००६ देखि सुरु गरेका थिए।

जूनः फेसबुक आफ्नै इमेल आईडीलाई लिएर विवादास्पद भयो। फेसबुकले आफ्ना थुप्रै प्रयोगकर्ताबाट आलोचित हुनुपर्‍यो। यो महिना  फेसबुकले प्रयोगकर्ताहरूको इमल एड्रेसलाई स्वतः परिवर्तन गरी आफ्नो डोमेनमा परिवर्तन गरिदियो। उदाहरणका लागि  example@gmail.com बाट परिवर्तन गरी example@facebook.com, फेसबुकको यो अभ्यासले कतिपय प्रयोगकर्तालाई रुष्ट बनायो र  उनीहरूको विरोध पनि बेहोर्नुपर्‍यो। फेसबुकले इमेल एड्रेस परिवर्तन मात्र नगरी कतिपय युजरका मोबाइल फोनमा रहेको कन्ट्याक्टहरू  भएको एड्रेस बुक पनि डिलिट गरिदिएको पाइयो। थुप्रै सामाजिक प्रयोगकर्ताको चर्को विरोधपछि फेसबुकले उक्त समस्या निकट भविष्यमै सल्ट्याउने वचन दियो।

जुलाईः हामीलाई थाहा भएको कुरा के हो भने कुनै पनि स्माट फोन, ल्यापटप, पीसी आदि अपरेटिङ सिस्टम कुनै विशेष प्रोग्रामिङ कोडका  आधारमा चल्छ। यो महिना माइक्रोसफ्टले लिनक्स अपरेटिङ सिस्टमसँग काम गर्ने सिलसिलामा एउटा बाइ-कोडको विकास गर्‍यो जुन  यसप्रकार थियोः

0xB16BOOBS

यो कम्प्युटरले बुझ्ने एउटा अजबचबअतभचक हो जसलाई कोड भनिन्छ, तर यसको बीचमा प्रयोग भएको अश्लील शब्दको विरोध भयो।  अझ उक्त कम्पनीकै एक प्राविधिक इन्जिनियरले त युवाहरूको रमाइलो तथा उनीहरूलाई आकषिर्त गर्न जानी-जानी यो कोड निर्माण गरिएको  पनि बताए। यस्ता घटना माइक्रोसफ्ट कम्पनीका डेभलोपरहरूले पहिले पनि नगरेका होइनन् जसका लागि उनीहरूले नर्वेमा माफी माग्नुपरे को थियो। माथि भनिएको BOOBS जस्ता भल्गर शब्दलाई पनि जुलाई महिनाको अन्त्यतिर माइक्रोसफ्टले छुट्टै प्याच बनाईसमाधान गरिसकेको  छ।

अगस्टः यो महिना डिजिटल, इलेक्ट्रोनिक तथा कम्प्युटर प्रणालीमा भएको उतारचढावभन्दा पनि सैनिक अभिप्रायका लागि प्रयोग हुने हार्डवे यरमा केन्द्रित रह्यो। अमेरिकी एयर फोर्सले मानवरहित हवाइजहाजको निर्माण गर्‍यो जुन आवाज वा ध्वनिको गति (5795km/hr) भन्दा ६  गुना बढी गतिमा उड्न सक्थ्यो। त्यो गतिमा लन्डनबाट न्युयोर्क एक घन्टाभन्दा पनि कम समयमा पुग्न सकिन्छ, जबकि साधारण हवाइर् जहाजमा ८ देखि १२ घन्टासम्म लाग्छ। यसको निर्माणमा नासा र पेन्टागनले आफ्नो भएभरको स्रोत तथा शक्ति खर्चिएका थिए। उक्त हवाई जहाज हालसम्मकै सबैभन्दा सुविधा सम्पन्न मानिन्छ, तर परीक्षणका लागि भनी उडेको उक्त जहाज केही पलमै क्र्यास भएर प्यासिफिक  महासागरमा खस्यो।

सेप्टेम्बरः यो महिना फेरि एप्पल कम्पनी नै चर्चामा रह्यो। गुगलको प्रतिस्पर्धा बन्ने चक्करमा यसले बजारमा ios 6 map app त ल्यायो  तर गुगलको जस्तो यसले सहर, नदीका पुलहरू आदि देखाउन सकेन। यसमा स्टाटलाइट तस्बिरमार्फत आंशिक म्यापहरू मात्र हेर्न सकिन्थ्यो।  जसमा बादल देखिन्थ्यो अनि बादल मुनिका सबै तस्बिर धमिलो भएर जान्थ्यो। यसको असफलतालाई उ्धृत गर्दै कम्पनीका चिफ एक्जेक्युटिभ  रिम कुकले सार्वजनिक रूपमा माफी माग्दै भविष्यमा यसलाई दुरुस्त सूचना प्रवाह गर्ने एप बनाउने वाचा गरे।

अक्टोबरः यो महिना फायरफक्स (मोजिल्ला) को पालो थियो। फायरफक्सका ब्राउजरहरूमा देखा परेका तथा पत्ता लागेका सुरक्षाका  कमजोरीहरूले कुनै पनि प्रयोगकर्ताले कुन-कुन वेबपेज भिजिट गरेका थिए र तिनमा केकस्तो कारोबार भएको थियो भन्ने कुरा सजिलैेसँग  पत्ता लगाउन सकिन्थ्यो। तथ्यांकअनुसार ४५ करोड व्यक्तिले फायरफक्स प्रयोग गरे पनि तीमध्ये केही सीमित ब्राउजरमात्र प्रभावित भए। उता  मोजिल्लाले भने तुरुन्तै यो संक्रमणबाट मुक्त हुन प्याचहरू बनाई समस्या समाधानको उपाय निकालेर प्रयोगकर्ताहरूलाई निराश हुन दिएन।

नोभेम्बरः यो महिनामा फ्लेक्जिबल फोनस अफ दि फ्युचर अर्थात् दाह्री काट्ने रेजर जस्तो पातलो, फोल्ड गर्न मिल्ने स्मार्ट फोन तथा  ह्यान्डसेटको निर्माण प्रारम्भ भएको छ। यीमध्ये कतिपय बजारमा आइसकेका छन्। यो वर्ष यी डिभाइसहरूले यो वर्ष आकाश छुने निश्चित  प्रायः छ। सामसुङले त यो महिना लासभेगासमा त्यस्ता केही प्रोडक्टको प्रदर्शन पनि गरिसकेको छ र ट्राइल भर्सनमा उसले ९७ प्रतिशत  प्रयोगकर्ता शतप्रतिशत सन्तुष्ट रहेको पनि जनाएको छ।

डिसेम्बरः फेसबुक आफ्नो फोटो सेयरिङ साइटलाई रिस्टोर गर्न बाध्य भयो अर्थात् यो साइटले आफ्ना टर्मस् कन्डिसनमा उल्लेख नभएको  आधारमा प्रयोगकर्ताका तस्बिर तथा फेसबुकमा अपलोड गरिएका अन्य तस्बिरहरू पनि एडभरटाइजिङ कम्पनी तथा ब्यानर र विज्ञापनमा  दिएर ठूलो आम्दानी गरेको पाइयो। प्रयोगकर्ताहरूले जब उक्त कुराको विरोध गरे तब फेसबुकका अधिकारीहरूको जवाफ थियोः तपाईंहरूले  टर्मस् एन्ड कन्डिसन पढ्नु हुँदा सायद कुनै अरू भाषामा पढ्नुभयो त्यसैले तपाईंलाई पूर्ण ज्ञान नभएको हो, यद्यपि हाल आएर फेसबुकले  आफ्नो इमेज एब्युसिङ समस्यालाई निमिट्यान्न पारेर प्रयोगकर्ताहरूलाई सकेसम्म खुसी पार्ने प्रयास गरेको छ।

Post a Comment

Previous Post Next Post