२५ प्रतिशत नेपाली इन्टरनेटको पहुँचमा

नेपालमा कुल जनसंख्याको २५ दशमलव १३ प्रतिशतले इन्टरनेट सेवा प्रयोग गर्ने गरेको पाइएको छ ।  नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार नेपालका सय जना मध्ये २५ जनाले इन्टरनेटको प्रयोग गर्छन् ।  इन्टरनेटका ग्राहकमध्ये ४६ प्रतिशत नेपाल टेलिकमका रहेको छन् । टेलिकमका प्रबन्धक लोचनलाल अमात्यले इन्टरनेट सेवाको ४६ प्रतिशत हिस्सा टेलिकमको रहेको भन्दै गाउँगाउँसम्म सबैभन्दा बढी नेपाल टेलिकमले नै इन्टरनेट सेवा पुर्‍याइरहेको दावी गर्नुभयो ।  देशभरमा टेलिकमका ३० लाख ६५ हजार ५ सय ५३ जना इन्टरनेट प्रयोगकर्ता छन् । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार एनसेलका ३४ लाख ४१ हजार २ सय ४०, युटिएलका ९२ हजार ८ सय १७ र विभिन्न इन्टरनेट सेवा प्रदायकका ८५ हजार ८ सय १७ जना इन्टरनेट प्रयोगकर्ता छन् ।  विश्वव्यापी रुपमा इन्टरनेट प्रयोगकर्ता माथि गरिएको सर्वेक्षण अनुसार भने नेपालमा वर्षेनी ९ प्रतिशतको दरले इन्टरनेट प्रयोगकर्ता बढिरहेका छन् ।  यसैबीच, नेपाल टेलिकमले दुई बर्ष भित्र सबै जिल्ला सदरमुकाममा थ्री जी सेवा पुर्याउने दावी गरेको छ । काठमाडौमा पत्रकारसँग छलफल गर्दै टेलिकमले दुई वर्षभित्र जिल्ला सदरमुकाममा थ्री जी सेवा पुर्‍याउन तीब्र तयारी गरिरहेको जनाएको छ ।
नेपालमा कुल जनसंख्याको २५ दशमलव १३ प्रतिशतले इन्टरनेट सेवा प्रयोग गर्ने गरेको पाइएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार नेपालका सय जना मध्ये २५ जनाले इन्टरनेटको प्रयोग गर्छन् ।
इन्टरनेटका ग्राहकमध्ये ४६ प्रतिशत नेपाल टेलिकमका रहेको छन् । टेलिकमका प्रबन्धक लोचनलाल अमात्यले इन्टरनेट सेवाको ४६ प्रतिशत हिस्सा टेलिकमको रहेको भन्दै गाउँगाउँसम्म सबैभन्दा बढी नेपाल टेलिकमले नै इन्टरनेट सेवा पुर्‍याइरहेको दावी गर्नुभयो ।
देशभरमा टेलिकमका ३० लाख ६५ हजार ५ सय ५३ जना इन्टरनेट प्रयोगकर्ता छन् । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार एनसेलका ३४ लाख ४१ हजार २ सय ४०, युटिएलका ९२ हजार ८ सय १७ र विभिन्न इन्टरनेट सेवा प्रदायकका ८५ हजार ८ सय १७ जना इन्टरनेट प्रयोगकर्ता छन् ।
विश्वव्यापी रुपमा इन्टरनेट प्रयोगकर्ता माथि गरिएको सर्वेक्षण अनुसार भने नेपालमा वर्षेनी ९ प्रतिशतको दरले इन्टरनेट प्रयोगकर्ता बढिरहेका छन् ।
यसैबीच, नेपाल टेलिकमले दुई बर्ष भित्र सबै जिल्ला सदरमुकाममा थ्री जी सेवा पुर्याउने दावी गरेको छ । काठमाडौमा सोमबार पत्रकारसँग छलफल गर्दै टेलिकमले दुई वर्षभित्र जिल्ला सदरमुकाममा थ्री जी सेवा पुर्‍याउन तीब्र तयारी गरिरहेको जनाएको छ ।
- See more at: http://ujyaaloonline.com/news/22600/%E0%A5%A8%E0%A5%AB-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A4%E0%A4%BF%E0%A4%B6%E0%A4%A4-%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80-%E0%A4%87%E0%A4%A8%E0%A5%8D%E0%A4%9F%E0%A4%B0%E0%A4%A8%E0%A5%87%E0%A4%9F%E0%A4%95%E0%A5%8B-%E0%A4%AA%E0%A4%B9%E0%A5%81%E0%A4%81%E0%A4%9A%E0%A4%AE%E0%A4%BE/#sthash.55DGenbI.dpuf

Post a Comment

Previous Post Next Post