यसरी गरौं नेपाली टाइप

नेपाली स्मार्टफोन बोक्नेहरुका लागि समस्या भनेको यसमा सजिलैसँग नेपालीमा लेख्न सकिन्न। हुन त ल्यापटप, पाल्मटप, मोबाइल देखी सबै खालका कम्प्युटर उपकरण नेपाली लेख्ने गरि डिजाइन गरिएका होइनन्। त्यसैले तीनमा नेपाली लेख्न र पढ्नका लागि विशेष र छुट्टै व्यवस्था गर्नुपर्छ। त्यो कम्प्युटर तथा ल्यापटपमा छुट्टै फन्ट राख्नुपर्छ। फन्ट राखेर नेपालीमा टाइप गरेपनि नेपाली फन्ट नभएका कम्प्युटरमा ती सजिलै खुल्दैनन्। त्यसैले जहाँ पनि खोल्दा नेपाली नै देखिनका लागि नेपाली युनिकोडमा टाइप गर्नुपर्छ। मोबाइलमा भने युनिकोड टाइप गर्ने सफ्टवेयर वा नेपाली फन्ट हाल्न मिल्दैन। त्यसका लागि छुट्टै एप नै बनाइएको हुनछ। जसलाई राखेपछि मात्र नेपालीमा टाइप गर्न सकिन्छ।

आइफोन तथा एण्ड्रोइड फोन लिनेहरुलाई नेपालीमा टाइप गर्नका लागि थोरै मात्र अप्सनहरु रहेका छन्। ती मध्ये एण्ड्रोइड फोन लिनेहरुलाई एउटा सजिलो माध्यम हो नेपाली टाइप गर्नका लागि पाणीनी कीप्याड नेपाली। जुन एण्ड्रोइड मार्केट गुगल प्लेमा निशुल्क उपलब्ध छ। लुना इर्गोनोमिक्स प्रालिले विकास गरेको यो एप play.google.com देखी डाउनलोड गर्नुस्।

Post a Comment

Previous Post Next Post