चुँडिएको मुटु


मनिषा अवस्थी 
1चुँडिएको मुटु
घस्रिदै घस्रिदै हिडिरहदा
तिमीले दिएको आश्वासनमा
ढुक ढुक गरी मुटु धड्किदा
अडित रहे यी पाइला
मेरी प्रिय आमासंग
मायाको अँञ्जुली थाप्दा
सट्टामा बेफलीको झरीले रुझ्दा
अडित रहे यी पाइला
आकाशे ढुङ्गे अशिना बषिर्दा
टाउको फुटी रत्ताम्य हुँदा
धरातलिय बाबाको छातीमा
ओत बस्न खोज्दा
तिखारिएका रात्तिएका,तात्तिएका
क्रोधी आँखा देख्दा डराएर
अडित रहे यी पाइला
मुटु भक्कानिएर फुट्दा
सहनुभुतिको आशाले
आफ्नै सम्झिई तिमीलाई
टेक्न खोज्दा
धकेलेर,ठेलेर हुत्याएर जान खोज्दा
अडित रहे यी पाइला
छुरा रेटिदा मेरै गर्धनमा
तिमीले खुट्टा चोपली हिड्दा
देखिन दया पाउने ठाउँ
त्यसैले अडित रहे यी पाइला
अडित रहे यी पाइला

Post a Comment

Previous Post Next Post