दुबईमा अब पार्ट टाइम काम गर्न पाइने



 

काठमाडौं, साउन २४  - दुबईमा रोजगारी गरिरहेका व्यक्तिले अब पार्टटाइम काम गर्न पाउने भएका छन् ।

दुबई राज्यका राजकुमार शेख हम्दान बिन मोहम्मद बिन राशिद अल मक्तुमले रमादानको अन्तिम दिन गत मंगलवार पार्ट टाइम काम गर्न पाउने व्यवस्था जारी गरेको दुवईका सञ्चार माध्यमले जनाएका छन् ।

रोजगारीका लागि विशेष बन्दै गएको दुबईमा यस्तो व्यवस्थाले त्यहाँ कार्यरत धेरै नेपालीलाई सजिलो हुने अनुमान गरिएको छ ।

दक्ष, अनुभवी र योग्य तथा स्वतन्त्र कामदारहरु रहेको मुलुक दुबइमा यस अवसरलाई सदुपयोग गर्ने हो भने मनग्य आम्दानी गर्न सकिने दुबईबाट पत्रकार उमाकान्त पाण्डेले जानकारी दिनुभयो । दक्ष, अनुभवी कामदारहरुलाई पार्टटाइम कामले बिशेष फाइदा पुग्ने छ ।

यो अवसरबाट विद्यार्थी तथा नयाँ फुर्सदिला कामदारलाई दोब्बर फाइदा हुने छ । खासगरी युरोपेली देशहरुमा रहेको पार्टटाइम जबको व्यवस्था खाडी मुलुक दुवईमा पहिलो पटक जारी गरिएको हो ।

Post a Comment

Previous Post Next Post